कारागारबाट भागेका मध्ये ३३ कैदी अझै फरार

सुर्खेत : जेन–जी आन्दोलनका क्रममा कर्णालीका विभिन्न कारागारबाट भागेका ३३ कैदी अझै फरार रहेका छन् । आन्दोलनका क्रममा विभिन्न कारागारबाट ८२ जना कैदी फरार भएका थिए । फरारमध्ये हालसम्म ५१ जना कैदीलाई पक्राउ गरिएको छ । अन्य ३३ जना अझै फरार छन् । आन्दोलनका क्रममा ४५ जना थुनुवा भागेका थिए । भागेका थुनुवामध्ये २६ जनालाई पक्राउ गरिएको छ भने १९ जना फरार हुन् ।

आन्दोलनमा क्रममा सबै भन्दा धेरै रुकुम पश्चिमबाट ५५ जना कैदी भागेका थिए । भागेका ३८ जना कैदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । १७ जना अझै फरार छन् । रुकुम पश्चिमबाट ३३ जना थुनुवा भागेका थिए । भागेका थुनुवामध्ये १९ जनालाई पक्राउ गरिएको छ भने १४ जना फरार छन् । जुम्लाबाट २७ जना कैदी भागेका हुन् । भागेकामध्ये १३ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १६ जना फरार छन् । जुम्लाबाट भागेका १२ जना थुनुवामध्ये सात जनालाई पक्राउन गरिएको छ । पाँच जना अझै फरार छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको विवरण अनुसार प्रदेशका चार जिल्लामा आठ वटा सरकारी कार्यालय आगजनी तथा तोडफोडबाट पूर्ण रूपमा क्षति भएका छन् । पूर्ण क्षति हुने सरकारी कार्यालय प्रदेश राजधानी सुर्खेतका हुन् । दुई दिने जेन–जी आन्दोलनका क्रममा कर्णालीमा पन्ध्र वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ । सुर्खेतमा चौध र जुम्लामा एक सरकारी कार्यालयमा आंशिक क्षति पुगेको हो ।

आन्दोलनका क्रममा पाँच वटा व्यापारिक÷निजी भवनमा पूर्ण रूपमा क्षति पुगेको छ भने तीन वटामा आंशिक क्षति पुगेको प्रहरीको विवरणमा उल्लेख गरिएको छ । आन्दोलनरत पक्षले कर्णालीमा क्रियाशील ठुला राजनीतिक दलका पार्टी कार्यालयमा पूर्ण क्षति पु¥याएका छन् । प्रदेश राजधानी सुर्खेतमा तीन वटा र जुम्लामा दुई पार्टीका कार्यालय पूर्ण रूपमा क्षति गरिएको हो । सुर्खेतमा दुई, जुम्लामा तीन र मुगुमा दुई गरी तीन जिल्लामा दलका सात पार्टी कार्यालयमा आंशिक क्षति पुगेको छ ।

यहीँ भदौ २२ र २३ गते भएको दुई दिने जेन–जी आन्दोलनका क्रममा उन्नाइस जना प्रहरी कर्मचारी घाइते भएका छन् । घाइते प्रहरी अठार जना सुर्खेत र एक जना जुम्लामा हो । आन्दोलनका क्रममा १३ जना सर्वसाधारण घाइते भएका हुन् । आन्दोलनको मौका छोपी भाग्ने क्रममा एक जना कैदी घाइते भएका प्रहरीले सङ्कलन गरेको विवरणमा उल्लेख गरिएको छ । आन्दोलनका क्रममा कर्णालीमा मानवीय क्षति भएको भने देखिदैन् ।

सरकारी संरचनामा पूर्ण क्षति
दुई दिने आन्दोलनका क्रममा कर्णाली प्रदेशका आठ वटा सरकारी कार्यालय पूर्ण रूपमा क्षति भएका छन् । आन्दोलनकारीले प्रदेश सभा हल, मुख्यमन्त्री निवास लगायतका आठ वटा सरकारी संरचनामा आगजनीसँगै तोडफोड गरी पूर्ण रूपमा क्षति पुर्याय पु¥याएका हुन् । प्रहरीको तथ्याङ्क अनुसार पूर्ण क्षति हुने सरकारी संरचनामा प्रदेश सभा हल, मुख्यमन्त्रीको निवास र प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय छन् ।

आन्दोलनरत पक्षले पूर्ण क्षति पु¥याएका अन्य सरकारी संरचनाहरूमा नापी कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका २ वडा कार्यालय, वीरेन्द्रनगर नगरपालिका ३ वडा कार्यालय, वीरेन्द्रनगर नगरपालिका ६ वडा कार्यालय र वीरेन्द्रनगर नगरपालिका ११ वडा कार्यालय हुन् । यस्तै, आन्दोलनरत पक्षले आंशिक क्षति पु¥याएका सरकारी संरचनाहरू मुख्यन्याधिवक्ताको कार्यालय, वीरेन्द्रनगर नगरपालिकाकाको कार्यालय, अख्तियारको कार्यालय छन् ।

आंशिक क्षति पु¥याइएका सरकारी संरचनाहरूमा जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय, सिटिहल, वीरेन्द्रनगर नगरपालिका ७ वडा कार्यालय, वीरेन्द्रनगर नगरपालिका ८ वडा कार्यालय, वीरेन्द्रनगर नगरपालिका ९ वडा कार्यालय र सामान्य क्षति पु¥याइएका सरकारी संरचनामा मुख्यमन्त्री कार्यालय, उच्च सरकारी वकिल कार्यालय र भेरी बबई डाइभर्सन उद्देश्यीय आयोजना कार्यालय रहेका हुन् । आन्दोलनकारीले एनआईसी एसिया बैङ्कको एटिएममा पूर्ण क्षति पु¥याएका प्रहरीको विवरणमा उल्लेख गरिएको छ ।

मुख्य दलका कार्यालयमा पूर्ण क्षति
आन्दोलनरत पक्षले मुख्य गरी तिन वटा राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयलाई निसाना बनाएको देखिन्छ । भदौ २४ गते दोस्रो दिन प्रदेश राजधानी समेत रहेको सुर्खेतमा भएको जेन–जी आन्दोलन कारीले सुरुमा एमाले पार्टी कार्यालयमा तोडफोड सँगै आगजनी गरेका थिए । प्रदेश स्तरमा तीन प्रमुख दलका पार्टी कार्यालयलाई निसाना बनाउनु आन्दोलनरत पक्षको पूर्व तयारी देखिन्छ ।

प्रहरीको विवरण अनुसार प्रदेश स्तरमा आन्दोलन कारीले एमाले, काँग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालय आगजनी गरेर पूर्ण रूपमा क्षति पु¥याएका छन् । जुम्लामा आन्दोलनरत पक्षले दुई वटा प्रमुख पार्टी नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालय आगजनी तथा तोडफोड गरेर पूर्ण क्षति पु¥याएका हुन् ।

यस्तै, सुर्खेतमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको पार्टी कार्यालय, राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालय जुम्लामा माओवादी केन्द्रको पार्टी कार्यालय, मुगुको एमाले पार्टी कार्यालय र काँग्रेस मुगुको पार्टी कार्यालयमा आन्दोलनरत पक्षले आंशिक क्षति पु¥याएका हुन् । जेन–जी आन्दोलनका क्रममा जुम्लामा रहेको राप्रपाको पार्टी कार्यालय र मजदुर किसानको पार्टी कार्यालयमा सामान्य क्षति पुगेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार